तपाईँ सुन्दै हुनुहुन्छः

पिएसबी नेपाल सामाजिक सुरक्षा कोषमा आबद्ध

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपाल–पिएसबी अन्तर्गत रेडियो नेपाल र नेपाल टेलिभिजन सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ ।

पिएसबी नेपाल सञ्चालक समितिको पुष २९ गते बसेको सञ्चालक समिति बैठकले कोष सञ्चालनका लागि कार्यविधि बनाउँदै कोषमा संस्था आवद्ध हुने निर्णय गरेपछि यही माघ महिनादेखि आबद्ध हुने गरी सूचीकृत भएको हो ।

पिएसबी नेपालको यो निर्णयबाट संस्थामा कार्यरत करार, बुलेटिन बेसिस तथा दैनिक ज्यालादारीका कर्मचारीहरू लाभान्वित हुने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button