तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौँ  । विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाव आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ७७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मोल  रु पाँच हजार ६२५ निर्धारण भएको छ । 

गत बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ७६ हजार ५०० र शुक्रबार रु दुई लाख ७७ हजार २०० मा कारोबार भएको थियो भने बिहीबार  एक तोला चाँदी पाँच  हजार ४८५ र शुक्रबार पाँच हजार ६४५मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, डलर विनिमय दर तथा भूराजनीतिक अनिश्चितताका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको महासङ्घले जनाएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५९६ र त्यति नै तौलको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button