तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक जारी, उम्मेदवारको टुङ्गो लगाउने तयारी

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी सचिवालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारको टुङ्गो लगाउने जनाइएको छ । 

निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम तय छ । 

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी तथा  प्रदेश कमिटीहरूले गरेको उम्मेदवार सिफारिसमाथि विस्तृत छलफल गरी आजको सचिवालय बैठकले अन्तिम निर्णय लिने एमालेले जनाएको छ ।

यसअघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेदवार टुङ्ग्याउन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button