निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च जाने
काठमाडौँ । निर्वाचन आयोगको निर्णय विरुद्ध नेपाली काँग्रेस शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयाे।
बैठकले उक्त निर्णयविरुद्ध संवैधानिक, राजनीतिक तथा कानुनी बाटो अपनाउने निष्कर्ष निकालेको छ। आवश्यक प्रक्रिया पूरा गरी सर्वोच्च अदालतमा रिट दायर गरिने प्रवक्ता डा. महतले बताउनुभएकाे छ।
निर्वाचन आयोगको निर्णयले पार्टीभित्र विवाद थप चर्किएको देउवा पक्षको ठहर छ।








प्रतिक्रिया राख्नुहोस्