तपाईँ सुन्दै हुनुहुन्छः

बाराको २ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बारा । बारामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र पारिएको छ। सोही क्रममा बारा क्षेत्र नं। १ को निर्वाचन अधिकृतको कार्यालय कोल्हवी नगरपालिकाको भवनमा स्थापना गरिएको छ।

त्यस्तै, निर्वाचन क्षेत्र नं. २ का लागि पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। महागढिमाई नगरपालिकाको बरियारपुर स्थित नगरपालिकाको भवनमा कार्यालय स्थापना गरिएको हो। उक्त कार्यालयको उद्घाटन सर्वोच्च अदालतका उपरजिस्ट्रार किरण कुमार सिंहले गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै सिंहले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै उम्मेदवार दर्ता, आचारसंहिता कार्यान्वयन, मतदाता सम्बन्धी कार्य तथा निर्वाचन व्यवस्थापनका सम्पूर्ण प्रक्रिया व्यवस्थित रूपमा अघि बढाइने जनाइएको छ।

निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार अब जिल्लामा निर्वाचनसम्बन्धी गतिविधि थप सक्रिय हुने र निर्वाचन तयारीले गति लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button