वीरगंज भन्सारद्वारा ६ महिनामा १ खर्ब १६ अर्व ५८ करोड ८५ लाख बढी राजश्व असुली

वीरगंज । देशकै मुख्य भन्सार नाकाको रुपमा रहेको वीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८२/०८३ को ६ महिनाको अबधिमा १ खर्ब १६ अर्ब ५८ करोड ८५ लाख ६३ हजार रुपैया राजस्व असुली गरेको छ ।
अर्थ मन्त्रालय भन्सार विभागले वीरगंज भन्सार कार्यालय (आईसीपी) लाई पुस मसान्त सम्म ६ महिनाको लागी १ खर्ब ३२ अर्ब ५६ करोड ३५ लाख १६ हजार राजस्व उठाउने लक्ष्य तोकेको भए पनि सो समयमा भएका बिभिन्न आन्दोलन, बर्षायामको कारण भन्सार प्रभावित हुनुको साथै माल सामानको आयात समेत घटेको हुदाँ लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको वीरगंज भन्सार कार्यालय (आईसिपी) का प्रमुख भन्सार प्रशासक बिष्णु प्रसाद ज्ञाबलीले जानकारी दिनुभयो ।
आईसिपी वीरगंजले ६ महिनाको अबधिमा तोकिएको लक्ष्य भन्दा झण्डै १३ प्रतिशत कम राजस्व असुली गरेको छ ।
अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा ६ महिनामा १५ अर्ब ९७ करोड ४९ लाख ५३ हजार कम राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
देशकै दुई ठूला भन्सार कार्यालय वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएको ६ महिनाको अबधिमा आईसिपी भन्सारले सो परिमाणमा राजश्व संकलन गर्न सकेको प्रमुख भन्सार प्रशासक ज्ञाबलीले बताउनुभयो ।
प्रमुख भन्सार प्रशासक ज्ञाबलीले पेट्रोलियम पदार्थको आयातमा कमी र वर्षायाम, डुबानको कारण पनि राजश्व असुली लक्ष्य भेट्टाउन नसकिएको बताउँदै गत आर्थिक वर्षको ६ महिनाको अवधिमा भन्दा भन्दा चालु आवको ६ महिनामा भने बढी राजश्व संकलन गर्न सफलता मिलेको जानकारी दिनुभयो ।
गत आर्थिक बर्ष २०८१/०८२ को ६ महिनाकोे अबधिमा यस भन्सारले १ खर्ब ३ अर्ब ४२ करोड २ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । सो अबधिमा अर्थमन्त्रालय भन्सार विभागले १ खर्ब ३१ अर्ब ७२ करोड ६३ लाख २७ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य तोकिएको थियो ।
वीरगंज भन्सार गतबर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्ष ०८२÷०८३ को ६ महिनाको अबधिमा १३ अर्ब १६ करोड ८१ लाख ८१ ह्जार बढी राजस्व सकलन गर्न सफल भएकोछ ।
चालु आर्थिक वर्ष ०८२/०८३ मा वीरगंज भन्सारलाई अर्थमन्त्रालयबाट २ खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य दिईएको वीरगंज भन्सारका प्रमुख भन्सार प्रशासक बिष्णु प्रसाद ज्ञाबलीले जानकारी दिनुभयो ।
यता चालु आर्थिक वर्ष ०८२/०८३ को मसिर महिनामा मात्रै अर्थमन्त्रालय भन्सार विभागले वीरगंज भन्सार कार्यालय (आईसीपी) लाईृ २१ अर्ब ९९ करोड ४६ लाख ४९ हजार रुपैयाँ राजश्व असुलीको लक्ष्य तोकेकोमा २० अर्ब २० करोड ९ लाख ७८ हजार रुपैयाँ राजश्व असुली भएको प्रमुख भन्सार प्रशासक बिष्णु प्रसाद ज्ञाबलीले बताउनुभयो ।
मंसिर महिनामा आईसिपी वीरगंज भन्सारले तोकिएको लक्ष्यको ९१ दशमलब ८७ प्रतिशत राजस्व असुली गरेको प्रमुख भन्सार प्रशासक ज्ञाबलीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्