देउवा पक्षद्वारा पार्टी आधिकारिकताबारे निर्वाचन आयोगलाई जानकारी
काठमाडाैँ। नेपाली काँग्रेस शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताहरूले पार्टीको आधिकारिकताका सम्बन्धमा आज निर्वाचन आयोगलाई जानकारी गराउनुभएको छ ।

विशेष महाधिवेशनमार्फत गगन थापा पार्टी सभापति चुनिएपछि आधिकारिकता विवादमा निर्वाचन आयोगले छानविन गरिरहेका बेला पार्टीको पछिल्लो विकसित घटनाक्रमका विषयमा जानकारी गराउन निर्वाचन आयोग पुगेको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।
कार्यवाहक सभापति खड्काले आयोगमा ब्रिफिङका क्रममा नियमित महाधिवेशनको तयारी भइरहेका बेला विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नु संविधान र लोकतन्त्रमाथिकै प्रहार भएको तर्क गर्नुभयो ।

कार्यवाहक सभापति खड्काको नेतृत्वमा निर्वाचन आयोग पुगेका केन्द्रिय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला सभापतिहरू, भातृसंस्था र शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले आफूहरू आधिकारिक भएको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएको छ ।
यसअघि विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले आफूलाई आधिकारिकता दाबी गर्दै आयोगसमक्ष अद्यावधिकको निवेदन दिइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्