तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ६ महिनामा ८ जना आमाले ज्यान गुमाए

नेपालगन्ज । बाँकेमा चालू आर्थिक वर्ष २०८२/०८३ को पुस मसान्तसम्म ८ जना आमाले ज्यान गुमाइसकेका छन् । 

चालू आर्थिक वर्षको ६ महिनामा नेपालगन्ज उपमहानगरपालिकाका ५, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र खजुरा गाउँपालिकाका १/१ जनाको मृत्यु भइसकेको छ । ती सबैको मृत्यु अस्पतालमै भएको छ । भेरी अस्पतालमा सात र सञ्जीवनी अस्पतालमा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

जटिलता भइसकेपछि मात्रै स्वास्थ्य संस्थामा आउने गरेका कारण ज्यान जोगाउन कठिन हुने गरेको चिकित्सकहरू बताउँछन् ।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द गर्भ जाँच नगर्ने, आइरन चक्की नखाने, खोप नलगाउने जस्ता कारणले मातृ मृत्युदर घटाउन चुनौतीपूर्ण रहेको बताउनुहुन्छ । “पहिलो गर्भ चेक गराउन आउने बित्तिकै स्वास्थ्यकर्मीहरूले उनीहरूलाई सुत्केरी नहुँदासम्म निगरानी गर्ने नीति नै राम्रो छ”, उहाँ भन्नुहुन्छ, “तर गर्भवती भएको छ÷सात महिनासम्म पनि चेकजाँच गराउन नआउँदा हामी निरीह जस्तै बन्नुपरेको छ ।”

मृत्यु हुनेमा अधिकांश मधेशी तथा मुस्लिम समुदायका छन् । आर्थिक वर्ष २०८०/८१ मा बाँकेमा १७ जना आमाले ज्यान गुमाएको तथ्याङ्क छ भने २०८१/८२ मा १६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button