तपाईँ सुन्दै हुनुहुन्छः

जी पि एल क्रिकेट : टेढा टाइगर्स र अठराहा स्ट्राइकर्स क्रिकेट क्लब विजयी

वीरगञ्ज । वीरगन्ज महानगरपालिका–२० हरपतगंज (अपौनी) स्थित गढीमाई खेलमैदानमा जारी गढीमाई प्रिमियर लिग ( जीपिएल ) क्रिकेट प्रतियोगितामा आज लिग चरणका दुई वटा खेल सम्पन्न भएका छन् ।

पहिलो खेलमा टेढा टाइगर्स क्रिकेट क्लब र दोस्रो खेलमा अठराहा स्ट्राइकर्स क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको ताम्राश्री क्रिकेट क्लबले निर्धारित १६ ओभरको खेलमा १४.२ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनाएको थियो ।

प्रतिउत्तरमा सय रनको विजयी लक्ष्य पाएको टेढा टाइगर्स क्रिकेट क्लबले १४.५ ओभरमा १०४ रन बनाएर खेल जितेको हो । यो खेलको उत्कृष्ट खेलाडी टेढा टाइगर्सका लोकेश पटेल घोषित भएका थिए ।

त्यसैगरी, दोस्रो खेलमा सुधीर वारियर्स क्रिकेट क्लबलाई अठराहा स्ट्राइकर्स क्रिकेट क्लबले तीन विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको सुधीर वारियर्सले निर्धारित १६ ओभरको खेलमा १५.३ ओभरमा सबै विकेट गुमाई १०९ रन बनाएको थियो ।

अठराहा क्रिकेट क्लबले १५.२ ओभरमा सात विकेटको क्षतिमा ११० रन बनाएर खेलमा विजय हासिल गर्‍यो । यो खेलमा अठराहाका खेलाडी अशोक यादव ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button