टीकापुर महोत्सव शुरु
कैलाली । टीकापुर महोत्सव २०८२ आजबाट शुरु भएको छ ।
महोत्सवको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मेला महोत्सवले आर्थिक स्थितिलाई चलायमान बनाउने बताउनुभयो । मेला महोत्सवले उद्योगी, व्यापारी तथा व्यवसायीका लागि राम्रो अवसर भएकाले सही सदुपयोग गर्न उहाँले सुझाव दिनुभयो ।

उद्घाटन अघि बिहान १० बजे टीकापुर बजारमा प्रभातफेरि गरिएको थियो । महोत्सवमा फोटो तथा चित्रकला प्रदर्शनी, थारु गाउँमा थारु कला र संस्कृति झल्कने सङ्ग्रहालय राखिएको छ । विगतझैँ कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी राखिएको छ । माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा पण्डालभित्र र बाहिर गरी जम्मा दुई सय स्टल रहेका छन् ।
महोत्सवमा सर्वसाधारणका लागि एक सय टिकट शुल्क लाग्नेछ, विद्यार्थीका लागि ५० प्रतिशत छुट दिइने छ भने महोत्सव अवलोकनमा एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाले निःशुल्क प्रवेश पाउनेछन् । वाणिज्य सङ्घको आयोजनामा वि.सं. २०६५ सालदेखि टीकापुर महोत्सव आयोजना हुँदै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्