पार्टी एक ढिक्का राख्न संवादको ढोका खुला छ : नेता कार्की
काठमाडौँ । नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एक ढिक्का राख्न लचकताका साथ संवादको ढोका खुला रहेको बताउनुभएको छ ।
सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा आज भएको पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यसहितको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले पार्टी एक ढिक्का राख्न संवाद जारी रहेको बताउनुभएको हो ।
छलफलमा पार्टीलाई एकजुट बनाएर देशलाई अहिलेको सङ्कटबाट मुक्त गरेर जनताको चाहनाअनुसार पार्टी अगाडि बढ्नुपर्नेमा सबैको जोड रहेको नेता कार्कीको भनाइ थियो ।
यसैगरी पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले हदैसम्म लचक भएर पार्टी विभाजनलाई रोक्न र पार्टी एकता कायम राख्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । त्यसका लागि विशेष महाधिवेशन पक्षधर नेताहरूसँग संवाद भइरहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्