तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा सदस्य उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान

जनकपुरधाम । राष्ट्रिय सभा सदस्यका लागि मधेश प्रदेशबाट विभिन्न राजनीतिक दलका तर्फबाट दिइएको ११ जना उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।

दलीय हिसाबले उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको हो । महिला समूहमा नेकपा एमालेका रेखा कुमारी झा, नेपाली कम्युनिष्ट पार्टीका शमी कुमारी अग्रवाल र जनता समाजवादी पार्टी नेपालका चन्द्र कला देवी रहनुभएको छ ।

दलित समूहमा नेपाली काँग्रेसका धर्मेन्द्र पासवान, नेपाली कम्युनिष्ट पार्टीका शम्भु पासवान हजारी, जनता समाजवादी पार्टीका चमेली देवी दास, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकमा नेपाली काँग्रेसका रञ्जित कर्ण, नेपाली कम्युनिष्ट पार्टीका रामानन्द प्रसाद र जनता समाजवादी पार्टी नेपालका शैलेश कुमार चौधरी रहनुभएको छ ।

यसै गरि अन्य समूहमा नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मण पौडेल र लोकतान्त्रिक पार्टी नेपालका महन्थ ठाकुर रहनुभएको छ । सबै जना उम्मेदवारलाई पार्टीकै चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

माघ ११ गते जनकपुरधामका महेन्द्र नारायण निधि मिथिला साँस्कृतिक भवनमा चुनाव हुने छ । यस चुनावमा प्रदेश सभाका सदस्य तथा पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button