तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२ पारित:के छ कार्यविधिमा ?

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रले नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२ पारित गरेको छ ।
विशेष महाधिवेशन पक्षधरको आज काठमाडौंको भृकुटीमण्डमा भएको बन्दसत्रले पारित गरेको कार्यविधिमा केन्द्रीय कार्यसमितिको विघटन गर्ने प्रावधान समावेश गरिएको हो ।
कार्यविधिमा कांग्रेसको १४औँ महाधिवेशन विसं २०७८ (मङ्सिर २४ देखि २८) देखिको निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रिय कार्यसमितिको विघटन गर्ने र कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रिय कार्यसमिति निर्वाचित गर्ने प्रावधान उल्लेख छ ।
यसैगरी, विशेष केन्द्रीय महाधिवेशनको अध्यक्षता पार्टीको सभापतिले गर्ने र निज अनुपस्थित भएको खण्डमा महाधिवेशनमा उपस्थित ज्येष्ठ सदस्यले गर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button