रोल्पामा १ लाख ४९ हजार ५ पाँच ९७ मतदाता सङ्ख्या कायम
रोल्पा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रोल्पा जिल्लामा मतदाता सङ्ख्या वृद्धि भएको छ निर्वाचन जिल्ला निर्वाचन कार्यालयका अनुसार यसपटक ४,१२६ नयाँ मतदाता थपिएका छन् ।

नयाँ मतदाता समावेश भएसँगै रोल्पामा कुल मतदाता सङ्ख्या १ लाख ४९ हजार ५ पाँच ९७ पुगेको छ जसमध्ये महिला मतदाता ७४ हजार ९ सय ७ जना र पुरुष मतदाता ७४ हजार ६ सय ९० जना रहेका छन् ।
रोल्पामा २०७९ सालको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समयमा कुल १ लाख ४५ हजार ४ सय ७१ जना मतदाता थिए ।







प्रतिक्रिया राख्नुहोस्