तपाईँ सुन्दै हुनुहुन्छः

३० लाख मागेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ । प्रहरीले द ब्रिटिश कलेजमा आन्दोलनको नाममा रु ३० लाख रकम मागेको अभियोगमा आज एक जनालाई पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–४ घर भई हाल काठमाडौँ जोरपाटी बस्ने २८ वर्षीय विवेक ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ढकाललाई मुलुकी अपराधसंहिता, २०७४ को दफा २५३ बमोजिम आपराधिक लाभ समृद्धि कसुरमा आज काठमाडौँबाट पक्राउ गरिएको हो ।”

उहाँका अनुसार निजमाथि कलेजको व्यवस्थापनसँग रु ३० लाख माग गरेको र नदिए कलेज बन्द गराइदिने धम्की दिएको आरोप लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button