उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान

काठमाडौँ । उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता विफल भएपछि पार्टीको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा बसेको केन्द्रीय समितिको बैठकले घिसिङलाई उज्यालो पार्टीको अध्यक्ष नियुक्त गरेको हो ।
यस्तै बैठकले निवर्तमान अध्यक्ष अनुपकुमार उपाध्यायले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।
उज्यालो नेपालले घिसिङ अध्यक्ष बनेको औपचारिक जानकारी दिन आजै पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा साधारण सदस्य भएर बस्न तयार हुँदा पनि सहमति हुन नसकेको बताउनुभयो ।
उहाँले रास्वपाले एकपक्षीय रूपमा सहमति तोडेकोले अब पार्टी चिम चुनाव चिन्ह लिएर प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्