५ सय जनालाई रूपान्तरण जीवन उपयोगी सीप सिकाइने
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा किशोर किशोरीको सशक्तीकरणका लागि रूपान्तरण जीवन उपयोगी सीप सिकाइने भएको छ । हरिपुर्वा नगरपालिकामा ३ सय र पर्सा गाउँपालिकामा २ सय जना किशोर किशोरीलाई जीवन उपयोगी सीप सिकाइने भएको छ ।

बागमती सेवा समाज नेपाल, सर्लाहीले वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत बालबालिका तथा किशोर किशोरीको सशक्तीकरणका लागि रूपान्तरण जीवन उपयोगी सीप तालिम प्रदान गरेको थियो ।
हरिपुर्वा नगरपालिकाका २४ जना र पर्सा गाउँपालिकाका १६ जना गरि ४० जना किशोर किशोरी लाई दक्ष बनाउन ५ दिन सम्म प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको थियो। अब ४० जनै किशोर किशोरीले समुदाय स्तरमै पुगेर आफूजस्तै बालबालिका तथा किशोर किशोरीलाई २६ हप्तासम्म कक्षा सञ्चालन गरी साथी शिक्षक तयार गर्ने संस्थाका कार्यक्रम संयोजक कुमार भण्डारीले जानकारी दिनुभयो ।
बागमती सेवा समाज नेपालका कार्यक्रम विभाग प्रमुख भरत कुमार कार्कीले यस प्रकारका तालिमले बालबालिका तथा किशोर किशोरीहरूको क्षमता अभिवृद्धि भई जीवन रूपान्तरणमा समेत भूमिका खेल्ने बताउनुभयो ।
यसैगरी वर्ल्ड भिजन इन्टरनेसनल नेपालका जिल्ला संयोजक सीता चौधरीले बालबालिकाहरू माथि हुन सक्ने दुब्र्यबहार, हिंसा जस्ता घटना कम गर्न यस प्रकारको तालिमले सहयोग गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्