तपाईँ सुन्दै हुनुहुन्छः

नक्टाझिझमा झडप, डेढ दर्जन घाइते

जनकपुरधाम । धनुषामा जग्गाको विषयमा झडप हुँदा करिब दर्जन बढी व्यक्ति घाइते भएका छन् ।  मिथिला नगरपालिका वडा नंं २ नक्टाझिज सुखजोरमा रहेकाे सतलोक आश्रमले ऐलानी जग्गा हड्पेको भन्दै जग्गा खाली गराउन गएका स्थानीय र आश्रमका अनुयायी बीच भएको विवादले झडपको रूप लिएको थियो । विवाद उग्र बन्दा दुवै पक्षबिच ढुङ्गा हानाहानको स्थिति पैदा भएको थियो ।

झडपमा परी घाइते भएकाहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिनुयाे । घाइते सबै जनाको अवस्था खतरामुक्त रहेकाे उहाँले बताउनुभयाे ।

सो विवादका कारण जनकपुर ढल्केवर सडक खण्डको महेन्द्रनगर औरही पुलमा केही समय यातायात अवरुद्ध भएपनि  प्रहरीको सक्रियतामा अहिले यातायात सुचारु रहेको छ । प्रहरी नायव उपरीक्षक गणेश बहादुर बम नेतृत्वको टोलीले आश्रममा पुगेर वास्तविक विषयमा जानकारी लिने कार्य भइरहेको  जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button