तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ। नेपाल कम्यनिष्ट पार्टी एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक ललितपुरको एकान्तकुना स्थित मेजेस्टिक ग्य्रान्ड पार्टी प्यालेसमा बिहान ११ बजेबाट प्रारम्भ भएको हो।

बैठकको कार्यसूचीअनुसार पार्टी विधानको संशोधनका आधारमा नियमावली संशोधन प्रस्ताव प्रस्तुत गरी पारित गर्ने, हालै सम्पन्न राष्ट्रिय महाधिवेशनको आम्दानी–खर्चको जानकारी गराउने, केन्द्रीय सचिवालयले गरेका निर्णयहरू अनुमोदन गर्ने तथा नवनिर्वाचित केन्द्रीय कमिटी पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने एजेन्डा रहेका छन्।

त्यस्तै, बैठकमा समसामयिक विषयमा प्रस्ताव प्रस्तुत र पारित गरिने पार्टी स्रोतले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button