न्यू डायमन्ड युथ स्पोर्टस क्लबद्वारा पुलिस क्लब पराजित
काठमाडौँ । राष्ट्रिय महिला भलिबल प्रतियोगितामा फाइनल पुगिसकेको न्यू डायमन्ड युथ स्पोर्टस क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शुक्रबार सम्पन्न खेलमा न्यू डायमन्डले फाइनलमा भिड्ने तय भइसकेको पुलिसलाई ३–२ को सेटमा पाखा लगाएको हो । न्यू डायमन्डले खेलको सुरुआतदेखि नै पुलिसलाई दबाबमा राखेको थियो । उसले सुरुका दुई सेट २५–१४ र २५–१९ ले आफ्नो बनायो ।
तर, त्यसपछिका दुई सेटमा भने पुलिसले बलियो पुनरागमन गर्यो । तेस्रो सेट पुलिसले २५–२० ले आफ्नो बनायो । रोमाञ्चक बनेको चौथो सेटमा भने पुलिसले खेल २९–२७ ले आफ्नो पक्षमा पार्दै पाँचौँ सेटसम्म पुर्यायो ।
अन्तिम तथा पाँचौँ सेट भने १५–१० को जित निकाल्दै न्यू डायमन्डले अंक खोसेको हो ।








प्रतिक्रिया राख्नुहोस्