भद्रपुरमा कोशी पाथीभरा इन्डो–नेपाल टि २० क्रिकेट च्याम्पियनसिप हुने
झापा । झापाको भद्रपुरमा कोशी पाथीभरा इन्डो–नेपाल टि २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रतियोगिता मेची क्रिकेट ग्राउन्डमा हुनेछ ।
आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता माघ २१ गतेदेखि २८ गतेसम्म हुनेछ ।
क्लबका अध्यक्ष आदित्य पराजुलीका अनुसार प्रतियोगितामा नेपाल र भारतका समान ४ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरेर लिग ढाँचामा प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख रुपैयाँ र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
कोशी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका बेला भारतीय तथा नेपाली खेलाडी तथा अफिसियलहरुलाई पर्यटकीय क्षेत्रको भ्रमण पनि गराइनेछ ।








प्रतिक्रिया राख्नुहोस्