तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन कार्य प्रगतिबारे जानकारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगले आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा जानकारी लिनुभएको छ। उक्त अवसरमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको छ। 

बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याल लगायतको उपस्थिति थियो। 

आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुन शमशेर जबरा, सचिव कृष्णबहादुर राउत लगायत अधिकारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button