गुणस्तरीय तथ्याङ्कमा आधारित भएर नीति निर्माण गर्नुपर्नेमा अर्थमन्त्रीको जोड
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गुणस्तरीय तथ्याङ्कमा आधारित भएर नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथलीमा आज भएको कार्यक्रममा नेशनल ट्रान्सफर एकाउन्ट र गरिबीको लघु क्षेत्र अनुमानका प्रतिवेदन सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री खनालले तथ्याङ्क स्रोतको सुधार तथा गुणस्तरीय तथ्याङ्कहरूको विकास गरी आगामी दिनमा आत्मनिर्भरताका साथ नीति निर्माण गर्नुपर्ने बताउनुभयो ।
अर्थमन्त्री खनालले सामाजिक सुरक्षा र रोजगारी सिर्जनासम्बन्धी नीति निर्माण गर्दा गुणस्तरीय तथ्याङ्कका आधारमा गर्नु उपयुक्त हुने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेलले अर्थतन्त्र, सामाजिक विकास र गरिबी न्यूनीकरण सम्बन्धि नीति निर्माण गर्दा तथ्यपरक तथ्याङ्कको आवश्यकता रहेको औँल्याउनुभयो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले देशको कुल उपभोग श्रम आम्दानी भन्दा बढी रहेकाले मानव पूँजी विकासका लागि शिक्षा क्षेत्रमा सार्वजनिक लगानी बढाउनुपर्ने र उत्पादक रोजगारी प्रवद्र्धन गर्न नीतिगत सुधारको आवश्यकता रहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्