तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा थकाली सेवा समितिको १४ औँ महाधिवेशन सुरु

पोखरा । थकाली समुदायको सामाजिक संस्था थकाली सेवा समिति को १४औँ महाधिवेशन आजदेखि पोखरामा सुरु भएको छ । थकाली समुदायको हकहित संरक्षण गर्नुका साथै कला, संस्कृति र भेषभूषाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको समितिको महाधिवेशन आजदेखि पोखरामा सुरु भएको समितिका प्रतिनिधि योगेन्द्र शेरचन बताउनु भयो । 

महाधिवेशनको उद्घाटन थकाली समुदायका ज्येष्ठ नागरिक, १०१ वर्षीय पदमबहादुर गौचन ले एक समारोहका बीच गर्नुभएको हो। उद्घाटन समारोह गजेन्द्र तुलाचन को अध्यक्षतामा सम्पन्न भएको हो । 

महाधिवेशनमा नेपालका विभिन्न १९ स्थान तथा विदेशका जापान, बेलायत र अस्ट्रेलिया बाट गरी २५५ जना प्रतिनिधि सहभागी छन्। पुस २७ गतेसम्म चल्ने महाधिवेशनले समितिको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम समेत रहेको छ।

यसअघि महाधिवेशनको अवसरमा पोखरामा बाजागाजा सहितको र्‍याली प्रदर्शन गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button