रूसी आक्रमणका कारण युक्रेनमा दश लाख मानिसहरू पानी र बिद्युतबाट वञ्चित
किएभ । युक्रेनमा भएको रूसी आक्रमणको कारण निप्रोपेट्रोभस्क क्षेत्रमा दश लाख भन्दा बढी मानिसहरूलाई पानी र बिद्युत् आपूर्ति विहीन भएका जनाइएको छ भने तापक्रम तुलनात्मक रुपमा निकै तल झरेको उल्लेख गरिएको छ ।
अघिल्लो जाडोमा जस्तै, रूसले युक्रेनको ऊर्जा केन्द्रहरूमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ, जसले किएभ र यसका सहयोगीहरूले नागरिकहरूलाई समस्या पार्न जानाजानी आक्रमण गरेको बताएका छन् ।
ठुलो मात्रामा भएको रुसी ड्रोन आक्रमणले जापोरिझिया क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द हुँदा हजारौँलाई बिजुलीबाट वञ्चित पारेको रुसका ग्रिड अपरेटर युक्रेनेर्गोले बताउनु भएको छ ।
“दस लाख भन्दा बढी ग्राहकहरूका लागि विद्युत् र पानी आपूर्ति पुनर्स्थापना गर्न दनिप्रोपेट्रोभस्क क्षेत्रमा मर्मत कार्य जारी रहेको पुनर्स्थापना मन्त्री ओलेक्सी कुल बाले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ ।
युक्रेनी वायु सेनाले रूसले ९७ वटा ड्रोन र ७० वटा हवाई रक्षा प्रणालीद्वारा विभिन्न २७ वटा स्थानमा आक्रमण गरेको बताएको छ ।
आक्रमणमा ड्निप्रोपेट्रोभस्कको महत्वपूर्ण ऊर्जा पूर्वाधार क्षतिग्रस्त भएको सैन्य प्रमुख भ्लादिस्लाव गाइभानेन्कोले बताउनु भएको छ ।
“अवस्था कठिन भएको बताउँदै सुरक्षा व्यवस्थाले अनुमति दिए लगत्तै, ऊर्जा कामदारहरूले पुनर्स्थापना कार्य सुरु गर्ने उहाँले टेलिग्राम मार्फत बताउनु भएको छ ।
जापोरिझियामा, बिजुली आपूर्ति “प्रमुख सुविधाहरू“ मा पुनस्थापित गरिएको भएता पनि अधिकांश उपभोक्ताहरू अझै पनि बिजुली विहीन भएको गभर्नर, इभान फेडोरोभले जनाउनु भएको छ ।
किएभले आफ्नो ऊर्जा ग्रिडको लामो समय देखि चलिरहेको लक्ष्यलाई रूसी तेल डिपो लगायतमा आक्रमण गरी प्रतिक्रिया दिएको छ भने मस्कोको महत्त्वपूर्ण ऊर्जा निर्यात कटौती गर्न र इन्धनको अभाव निम्त्याउन खोजिरहेको छ । रासस








प्रतिक्रिया राख्नुहोस्