तपाईँ सुन्दै हुनुहुन्छः

एमाले पर्साद्वारा प्रतिनिधिसभा सदस्यका लागि ४ निर्वाचन क्षेत्रबाट २४ जनाको नाम सिफारिस 

बीरगंज  । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले पर्साले चार वटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारमा २४ जनाको नाम सिफारिस गरेको छ ।

चार वटै निर्वाचन क्षेत्रबाट क्षेत्रीय समन्वय कमिटीबाट आएको २४ जनाको नाम जिल्ला कमिटीले आवश्यक केही सुझावसहित मधेस प्रदेश कमिटीमा सिफारिस गरेको एमाले पर्साका सचिव महेश दासले जानकारी दिनुभयो । 

उहाँका अनुसार, क्षेत्र नम्बर १ बाट प्रभु हजरा, बसरुद्धिन अन्सारी, इन्दु घिमिरे, सुन्दर कुर्मी,नवराज शर्मा, अरबिन्द सिंह र ममता गुप्ता गरी ७ जनाको नाम सिफारिस गरिएको छ ।

यस्तै क्षेत्र नम्बर २ बाट निर्मला देवकोटा, राजकुमार गुप्ता, अरविन्द सिंह र मनोज कुशवाह गरी ४ जनाको नाम मधेस प्रदेश कमिटीमा पठाइएको जिल्ला सचिव दासले जानकारी दिनुभयो । 

क्षेत्र नम्बर ३ बाट भगवान प्रसाद कुर्मी, मन्जुर आलम, तेजप्रकाश निषाद,रामबाबु यादव, प्रमोद जयसवाल, राजकुमार गुप्ता, रुपेश पाण्डेय, मन्जु देवी कुर्मी, मनिर आलम र शिव पटेल गरी १० जनाको नाम सिफारिस गरिएको उहाँले बताउनुभयो । 

यसैगरी क्षेत्र नम्बर ४ बाट जालिम मियाँ,वीरेन्द्र प्रसाद यादव र गोकुली कुमारी रेग्मीको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको जिल्ला सचिव दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button