राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा ६ जनाको उम्मेदवारी दर्ता
कास्की । राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा ६ जनाको उम्मेदवारी परेको छ । कांग्रेस र एमाले गठबन्धनका तर्फबाट काँग्रेसले तनहुँका प्राडा जगत तिमिल्सिनालाई उम्मेदवार बनाएको छ भने एमालेले गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा उम्मेदवारी दर्ता गरेको छ । नेकपाले अन्यमा मनाङका कपिल लामा र महिलामा कास्कीकी गोमा घिमिरे रुचिलाई उम्मेदवार बनाएको हो ।
नेपाली कम्युनिस्ट पार्टीबाट गण्डकीमा ७ सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि छन् । उनीहरूको मतभार ९ सय ४१ हुन्छ ।
राष्ट्रिय जनमोर्चाले गण्डकीमा एकल उम्मेदवारी दिएको छ। अन्यमा कास्कीका शङ्कर बराल र महिलामा बागलुङकी लक्ष्मी बास्कोटाले उम्मेदवारी दिनुभएको हो ।
गण्डकीमा जनमोर्चाको ४ जना मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्