झापामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त
झापा । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य जिल्ला निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले झापाको मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका जिल्ला न्यायाधीश उमेश प्रसाद लुइँटेललाई नियुक्त गरेको छ ।
झापा क्षेत्र नंं. १ को निर्वाचन अधिकृतमा गोपी विश्वकर्मा, क्षेत्र नं. २ मा महेश प्रसाद खत्री, क्षेत्र नं. ३ मा मुख्य निर्वाचन अधिकृत लुइँटेल, क्षेत्र नं. ४ को निर्वाचन अधिकृतमा भीम प्रसाद भुर्तेल र झापा क्षेत्र नं. ५ मा बिदुर कुमार कार्कीलाई नियुक्त गरिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको हो । संविधान, यस ऐन तथा संघीय कानुनबमोजिम निर्वाचनसम्बन्धी कार्य सम्पादन गर्न वा गराउन आयोगले प्रत्येक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एकजना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्था छ ।








प्रतिक्रिया राख्नुहोस्