एमाले सोलुखुम्बुबाट प्रत्यक्षमा पूर्व मन्त्रीसहित पाँच जना सिफारिस
सोलुखुम्बु । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले सोलुखुम्बुले प्रत्यक्षतर्फ पूर्व मन्त्री सहित पाँच जनाको नाम सिफारिस भएको छ ।

एमाले जिल्ला कमिटीको बैठकले प्रत्यक्षतर्फ केन्द्रिय सदस्य तथा पूर्व रक्षा मन्त्री मानवीर राई, जिल्ला अध्यक्ष डुफकुमार बाँस्तोला, जिल्ला सचिव कल्पना राई, युवा नेता विरउदास श्रेष्ठ र सूर्यकुमारी सुनुवारलाई सिफारिस गरेको हो ।
बैठकमा अधिकांश युवाहरूले नयाँ अनुहारलाई प्राथमिकता दिनुपर्ने आवाज उठाएका थिए । पार्टीबाट यसअघि सांसद भइसकेका भन्दा अवसर नपाएका नयाँहरूलाई पार्टीले उम्मेदवार बनाउनुपर्ने कुरामा जोड दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्