तपाईँ सुन्दै हुनुहुन्छः

कारको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

रुपन्देही । बुटवलमा कारको ठक्करबाट बुटवलमा चेकजाँचको ड्युटीमा खटिएका ट्राफिक प्रहरीको मृत्यु भएको छ । 

पश्चिम नवलपरासीबाट बुटवलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००३ च ००७७ नम्बरको कारले बुटवल रामनगरस्थित पूर्वपश्चिम राजमार्गको धागो कारखानानजिकै चेकजाँच खटिएका ट्राफिक प्रहरी सहायक हवल्दार नागेश्वर पाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । 

तीव्र गतिमा आएको कारले नियमित चेकजाँचमा खटिएका दुई ट्राफिक प्रहरीमध्ये पाललाई मध्य सडकमै ठक्कर दिएको हो । तत्कालै उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले बताउनुभयो । 

घटनापछि चालक रेसुङ्गा नगरपालिका–२ तम्घास गुल्मीका ५६ वर्षीय जितेन्द्रसिंह थापा र गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटना कारको तीव्र गतिका कारण भएको र थप अनुसन्धान भइरहेको पनि डिएसपी रानाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button