तपाईँ सुन्दै हुनुहुन्छः

पुरुष भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरिलाई

बागलुङ । बागलुङमा जारी आठौँ बागलुङ महोत्सव अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरिले जितेको छ ।

सोमबार बागलुङ नगरपालिका –१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा भएको गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा गलकोट नगरपालिकालाई १–३ को सेटमा पराजित गर्दै होटल समिट च्याम्पियन बनेको हो । 

होटल समिटले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१६ ले जितेको थियो । तेस्रो सेटमा १७–२५ ले गुमाएको होटल समिटले चौथो सेट २५–१८ ले जित्दै विजयी भयो । 

उपाधि जितेको होटल समिटले ट्रफीसहित नगद २ लाख १ हजार ५ सय रुपियाँ प्राप्त गरेको छ । उपविजेता गलकोट नगरपालिकाले ट्रफीसहित नगद १ लाख २१ हजार ५ सय रुपियाँ प्राप्त गरेको छ । 

यस्तै, सोमबार नै भएको तेस्रो स्थानको खेलमा मेरो डेण्टल होमले पर्वतको कुश्मा नगरपालिकालाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो सेट २५–२७ ले गुमाएको मेरो डेण्टल होमले उत्कृष्ट पुनरागमन गर्दै तेस्रो स्थान प्राप्त गरेको छ । मेरो डेण्टल होमले दोस्रो सेट २५–१९, तेस्रो सेट २५–१४ र चौथो सेट २५–१७ ले जित्यो । 

तेस्रो स्थान प्राप्त गरेको मेरो डेण्टल होमले ट्रफीसहित ४४ हजार ५ सय र सान्त्वना भएको कुश्मा नगरपालिका पर्वतले ट्रफीसहित २२ हजार ५ सय रुपियाँ प्राप्त गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button