तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपाको बृहत्तर एकता घोषणा सभा आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), उज्यालो नेपाल पार्टी तथा अन्य समूहबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापनपछि रास्वपाले औपचारिक रूपमा एकता घोषणा गर्न लागेको हो।

रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकता घोषणा सभा आयोजना हुनेछ।

गत पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो। आजको सभाबाट उक्त एकता प्रक्रियाले पूर्णता पाउने र पार्टीको आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button