खसरेखान खण्ड र पोखरा–बेलापुर सडक दैनिक ६ घण्टा सवारी आगमन बन्द हुने

डडेल्धुरा । जिल्लाको दशरथचन्द राजमार्गस्थित खसरेखान खण्ड र पोखरा–बेलापुर सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले उक्त सडकमा रक कटिङ, सडक सुधार र सडक चौडा गर्नुपर्ने भएकाले यही पुस १९ गतेदेखि माघ १९ (एक महिना) अवधिसम्म बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि ८ः०० बजेसम्म सवारी आगमन पुर्णरुपमा बन्द रहने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अमर बहादुर वलीले एक सूचना जारी गर्नुहुँदै सडक डिभिजन कार्यालय डोटीले रक कटिङ, सडक सुधार र सडक चौडालगायतका कार्यका लागि प्रशासन कार्यालयसँग आवश्यक सहयोग मागेका कारण उक्त अवधिभर पुस १९ गतेदेखि माघ१९ गतेसम्म बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि ८ः०० बजेसम्म सवारी आगमन पूर्ण रुपमा बन्द रहने जानकारी गराउनुभयो ।
खसरेखान खण्ड र पोखरा–बेलापुर सडक हुँदै सुदूरपश्चिमका पहाडी जिल्लाहरू डडेल्धुरा, बैतडी, दार्चुला र बझाङ लगायतका स्थानबाट सवारी साधनहरूको आवतजावत हुने गर्दछ ।








प्रतिक्रिया राख्नुहोस्