सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १ सय १० रुपैयाँले बढेको छ ।
आज सुनको भाउ ताेलामा २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँ थियो ।
महासङ्घका अनुसार चाँदी आज ताेलामा १ सय १० रुपैयाँले बढेर ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ४ सय १५ रुपैयाँ थियो ।







प्रतिक्रिया राख्नुहोस्