तपाईँ सुन्दै हुनुहुन्छः

भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचनाको बाँकी बक्यौता उठाउन व्यापारी तथा सङ्घसंस्थालाई तत्कालै पत्र काट्ने बताउनुभएको छ । 

भृकुटीमण्डपको आज अवलोकनपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “कतिपय संरचनाको बक्यौता बाँकी छ भन्ने सुनेका थियौँ, त्यो समस्या आज आफैँले थाहा पायौँ, बाँकी बक्यौता तिर्नका लागि आजै पत्र काट्दै छौँ ।”

मन्त्री श्रेष्ठले भाडा सम्झौता नवीकरणका क्रममा समयानुकूल भाडा दर तय गरिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सरकारी दरअनुसार सस्तो भाउमा नदिइकन, केही नाफा हुनेगरी भाडामा लगाउने हाम्रो सोच छ ।”

बक्यौता बाँकी भएकाको सूची तयार भइसकेको उहाँको भनाइ छ । व्यापारिक प्रयोजनका लागि भाडा लिइएकाबाट बक्यौता उठाउन सुरु गरिनेछ । 

भृकुटीभण्डपका संरचनाको भाडासम्बन्धी विषयमा यसअघि समाज कल्याण परिषद्मा पनि छलफल भएको जानकारी दिँदै मन्त्री श्रेष्ठले आज विस्तृतमा अवलोकन गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button