तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी लायन्सको ट्रफी सहितको टोलीलाई कप्तान पौडेलको निवासमा स्वागत

नवलपरासी पश्चिम् । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली आज बिहान कप्तान रोहित पौडेलको घरमा पुगेको छ  । 

बर्दघाट नगरपालिका–१४ स्थिति बुद्धबस्तिमा रहेको कप्तान पौडेलको घरमा पुगी टोलीले खुसी साटासाट गरेको हो । ट्रफी सहितको टोलीलाई बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष रितमान कामु लगायत स्थानीय खेलप्रेमीहरुले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा बर्दघाट नगरपालिकाद्वारा कप्तान पौडेलका आमा बुवालाई कदर पत्र सहित सम्मान गरियो ।

स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले कप्तान पौडेल र बर्दघाट नगरपालिका एक अर्काका परिपूरक जस्तै बनेको उल्लेख गर्दै समग्र नगरको नाम विश्वमा चिनाउन सफल भएको बताउनुभयो । उहाँले खेल क्षेत्रको प्रवर्द्धनमा नगरपालिका अघि बढेको उल्लेख गर्दै बर्दघाट १० मा क्रिकेट रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button