तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता सम्पन्न  

अछाम । अछामको कमलबजारमा जारी १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको छनोट प्रतियोगितामा सहभागी ११ माध्यमिक विद्यालयमध्ये कालिका मावि विरपथ प्रथम भएको छ । ६ स्वर्ण, ५ रजत र ७ कास्य पदक सहित कालिका मावि प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

२६ स्वर्ण, २६ रजत र ३० कास्य पदक गरी कुल ८२ पदकका लागी भएको प्रतियोगितामा ६ स्वर्ण, ५ रजत र ४ कास्य पदकसहित श्री जाल्पादेवि माध्यमिक विद्यालय ढाँकु दोस्रो स्थान हासिल गर्न सफल भएको छ । यस्तै ५ स्वर्ण र २ कास्य पदक सहित मनकामना मावि जामाले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । ३ स्वर्ण, २ रजत र १ कास्य पदक सहित चक्रेश्वरी मावि घेगड चौथो स्थान हासिल गर्न सफल भएको कमलबजार नगरपालिका स्तरीय खेलकुद विकास समितिका अध्यक्ष धिरज बहादुर रावतले जानकारी दिनुभयो ।

लगातार ५ दिन सम्म कमलबजार नगरपालिका वडा नं ८ स्थित चौकेगडा खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताको एक कार्यक्रमबिच समापन गरिएको छ ।  समापन कार्यक्रमका विभिन्न पदक प्राप्त विद्यालय र खेलाडी छात्र तथा छात्रा विद्यार्थी लाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । 

कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख शारदा बिष्ट कुँवर, पालिकाका विभिन्न वडाका वडाध्यक्ष, अन्य जनप्रतिनिधि, पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाही, विभिन्न विद्यालयका प्रधानाध्यापक शिक्षक कर्मचारी विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायत कमलबजार नगरपालिका अन्तर्गतका ११ वटा माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button