नेपाल–भारत संयुक्त कृषि कार्य समूहको बैठक काठमाडौँमा सम्पन्न
काठमाडौँ । नेपाल भारतबीच कृषि क्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले गठित संयुक्त कृषि कार्य समूहको नवौं बैठक काठमाडौँमा सम्पन्न भएको छ ।

यही डिसेम्बर २८ र २९ मा आयोजित दुई दिने बैठक सन् २०२५ को अप्रिल ९ मा दुई देशबीच हस्ताक्षर भएको ‘कृषि सहयोग सम्बन्धी नयाँ समझदारी पत्र’ अनुसार बसेको यो पहिलो बैठक हो ।
सन् २०२० को जनवरी पछि करिब ५ वर्षको अन्तरालमा यो उच्चस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको हो ।
बैठकमा दुवै देशबीचको कृषि क्षेत्रको सहकार्यलाई मूर्तरूप दिन आगामी ३ महिनाभित्र द्वि-वार्षिक कार्य योजना तयार गरी कार्यान्वयनमा लैजाने निर्णय भएको छ ।
यसका अतिरिक्त रासायनिक मलको सहज आपूर्तिका विषयमा लजिस्टिक प्रक्रियामा सुधार गर्ने, कृषि पूर्वाधारको विकासमा सहकार्य गर्ने र खाद्य गुणस्तर तथा क्वारेन्टाइन सम्बन्धी प्राविधिक समस्याहरू समाधान गर्न सम्बन्धित निकायहरू बीच नियमित संवाद गर्ने सहमति समेत भएको छ ।
भारत र नेपाल बीच कृषि अनुसन्धान सँग सम्बन्धित निकायबीच छलफल गरी छुट्टै कार्ययोजना बनाइ काम गर्ने सहमति भएको छ । त्यसै गरी बैठकको क्रममा पशुपन्छी तथा मत्य क्षेत्रको सहकार्यका लागि छुट्टै समझदारी गरी अगाडि बढ्ने समेत सहमति भएको कृषि तथा पशुपंक्षि मन्त्रालयका सहसचिव एव संयुक्त कृषि कार्य समूहका संयोजक डा.हरिबहादुर केसीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्