तपाईँ सुन्दै हुनुहुन्छः

खिल्जी युवा क्लबले त्रिभुवन आर्मीसँग खेल्ने

काठमाडौँ । खिल्जी युवा क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा मङ्गलवार सम्पन्न समूह ‘बी’ को खेलमा ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । योसँगै खिल्जीले समूह ‘डी’को विजेतासँग खेल्ने पक्का भएको हो ।

पहिलो खेलमा खिल्जीले विभागीय टोली नेपाल पुलिस क्लबसँग ३–० को सोझो सेटमा पराजय बेहोरेको थियो । दुवै खेलमा हार बेहोरेको ढोरपाटन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आर्मी भने कोशी र कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई पाखा लगाउँदै समूह ‘डी’ को विजेता बन्न सफल भएको हो । खिल्जीले क्वार्टर फाइनलमा बिहीबार समूह ‘डी’को विजेतासँग खेल्नेछ । सोही दिन पुलिसले समूह ‘डी’को उपविजेतासँग खेल्ने तालिका छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button