तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश साक्षर प्रदेश घोषणा 

दाङ । लुम्बिनी प्रदेशलाई आइतबार एक समारोहबीच साक्षर प्रदेश घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साक्षर प्रदेशको औपचारिक घोषणा गर्नुभएको हो ।

प्रदेशका १२ वटै जिल्लालाई घोषणा गरिसकेपछि लुम्बिनी प्रदेश परिसरमा विशेष समारोहको आयोजना गरि साक्षर प्रदेश घोषणा गरिएको हो ।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको हो । साक्षर नेपाल घोषणा अभियान अन्तरगत १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएसँगै सिङ्गो प्रदेशलाई साक्षर घोषणा गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button