तपाईँ सुन्दै हुनुहुन्छः

कमल बजार स्टेसनबाट राष्ट्रिय परिचय पत्र विवरण दर्तासम्बन्धी सेवा सुचारु

अछाम । अछामको कमलबजार नगरपालिका नगरपालिकामा अवस्थित  राष्ट्रिय परिचय पत्र विवरण दर्ता तथा वितरण अस्थायी स्टेशनको सेवा सुचारु भएको छ । अस्थायी स्टेशनको डिभाइसमा प्राविधिक समस्या आई गत असोज २८ गतेदेखि अवरुद्ध रहेको सेवा आइतबारबाट  सुचारु भएको हो ।

राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा अवरुद्ध भएपछि यस क्षेत्रका लागि राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मङ्गलसेन पुग्न बाध्य थिए । स्टेसनमा बिग्रिएको डिभाइस राष्ट्रिय परिचय तथा पञ्जिकरण विभाग सिंहदरबार काठमाडौँमा फिर्ता गरि नयाँ डिभाइस प्राप्त गरेसँगै आज बाट सेवा सुचारु भएको कमलबजार नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टले जानकारी दिनुभयो ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्तासम्बन्धी काम पालिकामा सुचारु भइसकेकाले आम नागरिकलाई सुविधा लिन हुन कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले अनुरोध गर्नुभएको छ । हाल सम्म कमल बजारमा स्थापना भएको स्टेसन बाट कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाद गाउँपालिकाका २५ सय भन्दा बढी नागरिकले राष्ट्रिय परिचयपत्र बनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button