तपाईँ सुन्दै हुनुहुन्छः

पालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

दाङ । लमही नगरपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा  गोरखा मोडेल सेकेण्डरी स्कुल लमही प्रथम हुन सफल भएको छ । 

प्रतियोगितामा गोरखा माध्यमिक विद्यालयले १८ स्वर्ण, ६ रजत र २ कास्यसहित कुल २६ पदक जित्दै नगर प्रथम हुन सफल भएको हो । यसैगरी आदर्श माध्यमिक विद्यालय देउपुरले ४ स्वर्ण, ६ रजत र ९ कास्य गरी कुल १९ पदकसहित नगर द्वितीय स्थान प्राप्त गरेको छ ।

माध्यमिक विद्यालय फल्कापुरले ३ स्वर्ण, ७ रजत र ६ कास्यसहित नगर तृतीय स्थानमा चित्त बुझाएको छ भने  रोजी बड्स माध्यमिक विद्यालय कोलहीले २ स्वर्ण, ७ रजत र ६ कास्यसहित नगर चतुर्थ स्थान हासिल गरेको छ । ज्ञान ज्योति माध्यमिक विद्यालय लमहीले १ स्वर्ण, १ रजत र २ कास्य पदक जित्दै नगर पाँचौँ स्थानमा रहेको छ ।

नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा विद्यार्थी खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ । खेलकुदमार्फत अनुशासन, प्रतिस्पर्धा र प्रतिभा विकासमा सहयोग पुग्ने विश्वास नगरपालिकाको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button