तपाईँ सुन्दै हुनुहुन्छः

‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौँ ।  वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न ।।।’ बोलको गीत सार्वजनिक भएको छ ।

कवि तथा गीतकार दिनेश अधिकारीको शब्द रचनाको उक्त गीतमा सङ्गीतकार  हरि लम्सालको सङ्गीत रहेको छ । म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् ।

टुवेल्भ नोट्सले प्रकाशनमा ल्याएको यो गीतमा आफ्नो प्रिय मान्छेसँग बिछोड हुँदाको अवस्था, परिस्थिति र  उसका अनेकन मनोदशालाई उजागर गरिएको छ ।

गीत र कविताको मिश्रण रहेको त्यस सृजनाले नेपाली गीत/सङ्गीतका श्रोतालाई एउटा फरक स्वाद दिने सङ्गीतकार लम्सालको विश्वास छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button