सुशासन विना समृद्धिको चाहना पुरा गर्न कठिन : सभामुख यादव
जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामअशिष यादवले मधेश प्रदेश सरकारले प्रदेशमा सुशासन विना समृद्धिको जनचाहना पुरा गर्न नसकिने बताउनुभएको छ ।

सभामुख यादवले मधेश प्रदेशसभामा सञ्चार कर्मीसँग भेट र सम्मानका कार्यक्रममा प्रदेशमा सुशासन स्थापनाका लागि सञ्चार क्षेत्रले निरन्तर खबरदारी गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले मधेश प्रदेशसभा र मधेश प्रदेश सरकार बीचको सम्बन्धलाई मजबुत बनाउन जरुरी रहेको बताउँदै सामाजिक न्यायका लागि प्रदेश सरकारले गर्ने कामकाजमा प्रदेश सभाको पूर्ण साथ सहयोग रहने बताउनुभयो ।
सभामुख पद कुनै दल विशेषको नहुने भन्दै सभामुख भएपछि दलभन्दा माथि उठेर कामकाज गर्ने बताउँदै सङ्घीयता र लोकतन्त्रको रक्षाका लागि मधेश प्रदेशसभाले खेल्नुपर्ने भूमिकालाई प्रभावकारी बनाउनका लागि आफू निरन्तर रुपमा लाग्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशसभा सचिवालयका सचिव वासु कोइरालाले देशमा भएको विभिन्न परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउँदै समाजमा रहेको विकृतिहरूको विरुद्धमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्