एनभीए भलिबल च्याम्पियनसिप : पुलिस र आर्मीको विजयी सुरुवात
काठमाडौँ । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको महिला टोलीले सहज जितका साथ नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सुरुवात गरेका छन् ।
शुक्रवारबाट शुरु भएको प्रतियोगिताको पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५–१०, २५–६, २५–११ ले पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दोस्रो खेलमा आर्मीले एभरेष्ट क्लबलाई २५–१६,२५–१४,२५–२३ लाई हराएको छ ।
पुरुष तर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सङ्घर्ष गर्दै विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सम्पन्न समूह ‘बी’को आफ्नो पहिलो खेलमा ढोरपाटन क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।
जितसँगै पुलिसले ३ अंक जोडेको छ । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट पुलिसले २५–२० ले जितेको थियो।
तर, दोस्रो सेट भने सहजै २५–१४ ले आफ्नो पक्षमा बनायो । तेस्रो सेट भने प्रतिस्पर्धात्मक रह्यो । उक्त सेट ३५–३३ ले आफ्नो पक्षमा पार्दै ढोरपाटनले खेल २–१ मा ल्यायो । तर, चौथो सेटमा भने ढोरपाटनले अपेक्षाकृत प्रदर्शन गर्न सकेन र सेट २५–१४ ले गुमायो ।
महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागितामा च्याम्पियनसिप हुँदैछ । यसको महिलातर्फ शीर्ष ६ र पुरुषतर्फका शीर्ष ८ टोली पिएम कप भलिबल लिगका लागि छनोट हुनेछन् ।








प्रतिक्रिया राख्नुहोस्