संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना
जेनेभा,स्विट्जरल्यान्ड । यातना सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी पत्नी बुशरा बीबी खानको नजरबन्दको अवस्थाको आलोचना गर्दै उहाँको अवस्था अन्तर्राष्ट्रिय मापदण्ड भन्दा न्युन रहेको बताउनु भएको छ ।
संयुक्त राष्ट्रका विज्ञले उहाँलाई शारीरिक र मानसिक अखण्डतामा गम्भीर खतरा निम्त्याउन सक्ने अवस्थामा हिरासतमा राखिएको चेतावनी दिएका छन् भने अधिकारीहरूलाई यथा सिग्र स्थितिलाई सम्बोधन गर्न आग्रह गर्दै संयुक्त राष्ट्र मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले एक विज्ञप्ति जारी गरेको छ ।
“बुशरा बीबी खानको स्वास्थ्यको रक्षा गर्न र मानवीयतासहितको नजरबन्दको अवस्था सुनिश्चित गर्न राज्यको दायित्व भएको यातना सम्बन्धी संयुक्त राष्ट्रसङ्घकी विशेष प्रतिवेदक एलिस जिल एडवड्र्सले बताउनु भएको छ ।
ओएचसीएचआरको प्रेस विज्ञप्ति अनुसार बुशरा बीबी खानलाई एउटा सानो, हावा नआउने कोठामा राखिएको र उक्त स्थानमा कीराहरूलगायतको सङ्क्रमणको डर भएको जनाइएको छ । उहाँलाई अशुद्ध पिउने पानी र अत्यधिक खोर्सानी राखेको खाना दिइएको पनि बताइएको छ ।
उहाँको अवस्था न्यूनतम अन्तर्राष्ट्रिय मापदण्ड भन्दा तल रहेको उल्लेख गर्दै एडवड्र्सले “कुनै पनि कैदीलाई अत्यधिक गर्मी, दूषित खाना वा पानी, स्वास्थ्य समस्या बढाउने गरी नजर कन्दमा राख्न नहुने बताउनु भएको छ ।
विशेषज्ञले पाकिस्तानलाई नजरबन्दको अवस्था र स्थानहरूले कैदीहरूको उमेर, लिङ्ग र स्वास्थ्य परिस्थितिलाई ध्यानमा राख्नुपर्ने कुरासमेत सुझाउनु भएको छ ।
प्रतिवेदनले बुशरा बीबी खानलाई दिनको २२ घण्टा भन्दा बढीको लागि, व्यायाम, पठन सामग्री, कानुनी सल्लाह, परिवार भ्रमण, वा उहाँको व्यक्तिगत चिकित्सकहरूको पहुँच बिना प्रायः पूर्ण एकान्तवासमा राखिएको जनाएको छ ।
विशेष प्रतिवेदकले औपचारिक रूपमा बुशरा बीबी खानको अवस्थालाई पाकिस्तान सरकार समीक्षा राखी घटनाक्रमलाई नजिकबाट निगरानी गर्ने जनाउनु भएको छ ।
यसैबीच, मङ्गलबार पाकिस्तानको एक स्थानीय अदालतले पिटिआईका संस्थापक इमरान खान र उहाँकी पत्नीलाई लागेका मुद्दाहरूमा अन्तरिम जमानत विस्तार गरेको छ, भने इमरान खानलाई अर्को सुनुवाइमा व्यक्तिगत रूपमा वा भिडियो लिङ्क मार्फत उपस्थित हुन निर्देशन दिएको छ । रासस/एएनआई








प्रतिक्रिया राख्नुहोस्