तपाईँ सुन्दै हुनुहुन्छः

फोक्सुन्डो पर्यटन पदमार्गको १२ सय केजी फोहोर निकुञ्जलाई हस्तान्तरण

डोल्पा । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य मानिने शुलिगाढ फोक्सुण्डो पर्यटन पदमार्ग बाट स्थानीय अभियन्ता तथा पर्यटक गाइड सुवर्ण डाँगीले सोमबार बेलुकी १२ केजी फोहोर शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगार्ड डोल्पालाई हस्तान्तरण गरी बुझाएका छन् ।

फोहोर व्यवस्थापन र संरक्षण अभावका कारण गम्भीर सङ्कटमा परेको बेला स्थानीय अभियन्ता डाँगीले फोहोर सङ्कलनको सुरुवात गरेका हुन । सोमबार जिल्लाका सरोकारवालाहरूको रोहबरमा राष्ट्रिय निकुञ्ज कार्यालयलाई हस्तान्तरण गरिएको हो । 

ठूलीभेरी नगरपालिका–८ का पर्यटन अभियन्ता तथा पर्यटक गाइड सुवर्ण कुमार डाँगीको अगुवाइमा फोक्सुण्डो ताल बस्ती, साइजेल, रेची बस्ती तथा पर्यटन पदमार्ग आसपास सङ्कलन गरिएको १२ सय केजी फोहोर सुलिगाढ पुर्‍याएर बुझाइएता पनि अब व्यवस्थापनमा  चुनौती रहेको सरोकारवालाहरूको भनाई छ ।

यस सरसफाइ अभियान लाई दिगो र आएको फोहोर लाई थप व्यवस्थापनका लागि मङ्गलवार राष्ट्रिय निकुञ्जको आयोजनामा सर्वपक्षीय कार्यक्रम रहेको सुलिगार्ड डोल्पाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button