तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसँग देउवा, ओली र प्रचण्डको सामूहिक भेटवार्ता हुँदै

काठमाडौँ। प्रमुख तीन दलका शीर्ष नेताहरूले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग सामूहिक भेटवार्ता गर्दै हुनुहुन्छ ।


राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न ३ बजे हुने भेटवार्तामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने शीतल निवास स्रोतले जनाएको छ।

भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकार सञ्चालन, संसद्‌को अवस्था तथा समसामयिक राष्ट्रिय मुद्दाबारे छलफल हुने बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button