बैतडीमा ट्रकले अल्टोलाई ठक्कर दिँदा दुर्घटना, चार जना घाइते
बैतडी । बैतडीमा मिनि ट्रकले अल्टोलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी चार जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ९ बजेको समयमा दशरथचन्द राजमार्गमा पर्ने जिल्लाको पाटन नगरपालिका वडा न-६ को कणाली भन्ने स्थानमा बैतडीबाट कलौलीतर्फ गइरहेको सु.प.प्र. ०१ ००१ ख ३११९ को मिनि ट्रकले सोही दिशातर्फ गइरहेको बा८च९०५२ नम्बरको अल्टोलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी चार जना घाइते भएका हुन् ।
घाइते हुनेमा अल्टोमा सवार बझाङको खप्तडछान्ना गाउँपालिका २ का ४२ वर्षीय देवेन्द्र थापा, सोही ठाउँकी ४० वर्षीया गिता खड्का, ३८ वर्षीया दिवेश्वरी हमाल र कञ्चनपुरका ३८ वर्षीय केशवराज जोशी सामान्य घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
घाइतेहरूलाई उपचारको लागि कैलाली पठाइएको पनि उहाँले बताउनुभयो ।
अलटो सडकबाट करिब १५ मिटर तल खसेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्