तपाईँ सुन्दै हुनुहुन्छः

एक हजार पाँच सय विद्यार्थीलाई न्यानो कपडा वितरण

गोरखा । गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकाका करिब १ हजार ५ सय विद्यार्थीलाई सम्भव नेपालले न्यानो कपडासहित शैक्षिक सामाग्री सहयोग गरेको छ । हिमालपारिको पालिका भनेर चिनिने चुमनुब्रीका ७ वटै वडाका २२ विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई सम्भव नेपालले न्यानो कपडा र शैक्षिक सामाग्री उपलब्ध गराएको हो ।

पर्यटन व्यवसायी समेत रहेका सो संस्थाका अध्यक्ष प्रेम कुमार खत्रीले चुमनुब्री गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्राकसुट, टोपी, जुत्ता, २ जोर मोजा, टिसर्ट, झोला तथा ३ वर्षलाई पुग्ने होमवर्क डायरी सहयोग गरेका हुन् । सो सामाग्री अध्यक्ष खत्रीले चुमनुब्रीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई वितरण गरेका छन् ।

पालिकाभर रहेका २२ विद्यालयमध्ये बुद्ध माध्यमिक विद्यालय, नुब्री आधारभूत विद्यालय र ल्हो पेमा सम्भवा माध्यमिक विद्यालयमा पुगेर उनले सो सामाग्री हस्तान्तरण गरेको सम्भव नेपालका व्यवस्थापक उत्तम अधिकारीले बताउनुभयो । फिलिम स्थित बुद्ध माविमा आयोजित हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले विद्यार्थीलाई चिसोबाट बचाउन आफूले सानो प्रयास गरेको बताउनुभयो ।

यसअघि चुमनुब्रीसहित जिल्लाभरका पालिका र वडालाई गरी १३ वडा एम्बुलेन्स, विद्यालयहरूमा शैक्षिक सामाग्री, युवा क्लबहरूलाई खेलकुद सामाग्री, महिला समूहलाई आवश्यक सामाग्री, विद्यालयमा होस्टल निर्माण, विपन्नका लागि आवास निर्माण, स्वास्थ्य चौकीहरूका लागि आवश्यक सामाग्रीहरू सहयोग गर्दै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button